आमबारीमा अष्टमी स्नान तथा मेलाको आयोजना

राजगञ्ज : आमबारी अञ्चल मोडमा करतोया नदीमा स्थानीय गङ्गा पुजा कमिटीको तर्फबाट आज अष्टमी स्नान तथा मेलाको आयोजना गरियो। अष्टमी स्नानको लागि आज नदीमा धेरैजना मानिसहरूको भीड देखियो। प्रत्येक वर्ष अष्टमी स्नानको अवसरमा सात दिने मेलाको आयोजना गर्ने गरिन्छ भने यस वर्ष पनि अष्टमी स्नानसँगै मेलाको पनि आयोजना गरिएको छ। आमबारीमा 52 वर्षदेखि अष्टमी स्नान तथा मेलाको आयोजना गर्दै आइरहेको छ। यस विषयमा कमिटीका तुषार कान्ति दत्तले भने, प्रत्येक वर्ष आयोजना गरिने अष्टमी स्नान तथा मेलामा लाखौँको सङ्ख्यामा मानिसहरू आउने गर्दछ। कोरोना महामारी तथा लकडाउनले गर्दा गत दुई वर्षदेखि अष्टमी स्नान तथा मेलाको आयोजना गरिएको थिएन। यस वर्ष सबै सामान्य भएपचि अष्टमी स्नान तथा मेलाको आयोजना गरिएको तिनले बताए। राजगञ्जको भुटकी हाटबाट आएका एकजना भक्त हराधन साहाले धेरै वर्ष अघिदेखि तिनी अष्टमी स्नानमा आउने गरेकोले यस वर्ष पनि सपरिवार गङ्गा स्नान गर्नको लागि आएको बताए। भक्ति तथा श्रद्धाको साथमा गङ्गा स्नान गर्नाले मनोकामना पूर्ण हुने गरेको विश्वास गर्दै प्रत्येक वर्ष अष्टमी स्नानको लागि आउने गरेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *