आमबारीमा बार्किङ हरिणको खोपडी सहित 2 वटा सिङ उद्धार, 3 जना पक्राउ

राजगञ्ज: आमबारी रेञ्जका वन कर्मीहरूले बार्किङ हरिणको खोपडी सहित 2 वटा सिङ उद्धार गरेको छ। घटनामा 3 जना तस्करलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। प्राप्त जानकारी अनुसार गत साँझ आमबारी रेञ्जका रेञ्जर आलमगीर हक तथा अन्य वन कर्मीहरू क्रेताको भेषमा सजिएर राजगञ्जको फाटापुकुर इलाकामा अभियान चलाएर बार्किङ हरिणको खोपडी सहित 2 वटा सिङ उद्धार गरेको छ। यसको साथै एउटा स्कुटी पनि जफत गरेको छ। घटनाको जाँच गर्ने उद्देश्य लिएर पक्रा परेका 3 जना तस्करको नाम वन विभागले गोप्य राखेको छ। स्मरण रहोस्, एक महिना अघि पनि आमबारी रेञ्जका वनकर्मीहरूले 6 वटा हरिणको सिङ सहित 3 जनालाई पक्राउ गरेको थियो। पक्रा परेकाहरूसित सोधखोज गर्दा वन विभागले वन्य प्राणीको तस्करी गर्ने गुटको बारेमा थाहा पाएपछि उक्त गुटमाथि विशेष नजर राखिरहेको थियो। यसै क्रममा हिजो साँझ वन कर्मीहरूले अभियान चलाएर बार्किङ हरिणको खोपडी सहित 2 वटा सिङ उद्धार गरेको बताइएको छ। वन विभाग सूत्रले दिएको जानकारी अनुसार बार्किङ हरिणको खोपडी सहित 2 वटा सिङ अलिपुरद्वारबाट सिलगढी हुँदै नेपाल तस्करी गर्ने योजना रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagamingbetzulaslotbarmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetbets10 girişurfa konteynerşanlıurfa konteynerpusulabet girişcasibomgrandpashabet girişmatbet girişVDCasinoonwincasibom girişcasibom girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alromabetGrandpashabetcasibomjojobetgrandpashabetholiganbetpusulabetvdcasinobetciosekabetjojobetmarsbahissekabetmatbetimajbetholiganbetgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet betcio Built with ❤︎ by appycodes