आमबारीमा बिस्कुट कारखाना चालू गरिनुपर्ने मागमा श्रमिकहरूद्वारा विक्षोभ प्रदर्शन

राजगञ्ज : राजगञ्जको आमबारीस्थित बिस्कुट कारखाना लकआउट गरेको कारखाना कर्तृपक्षले गत शनिबार घोषणा गर्यो। उक्त कारखाना चालू गरिनुपर्ने माग गर्दै आज तृणमूल इन्डस्ट्रियल स्टेट वर्कर्स युनियनको जलपाईगढी जिल्ला सचिव तपन दे-को नेतृत्वमा श्रमिकहरूले विक्षोभ प्रदर्शन गरे। आमबारी सञ्जय कारखानामा मोठ 150 जना श्रमिकहरू कार्यरत छन्। मालिक कर्तृपक्षको आरोप अनुसार उक्त कारखानामा कार्यरत श्रमिकहरूले अराजकता चलाइरहेको छ। कुनै कारण बिनै कारखानामा मनपरी गरेर उत्पादन कार्य बन्द गरिरहेको साथै श्रमिकहरूले अनुमति बिनै छुट्टी लिइरहेका छन्। कारखानामा निर्मित उत्पादनहरू बाहिर लैजान नदिएकोले 9 लाख रुपियाँको उत्पादन नष्ट भएकोले गर्दा नै उक्त कारखाना लकआउट गर्न बाध्य बनेको मालिक कर्तृपक्षले बताए। अर्कोतिर, तृणमूल इन्डस्ट्रियल स्टेट वर्कर्स युनियनको जलपाईगढी जिल्ला सचिव तपन दे-ले बताएअनुसार मालिक पक्षले सटीक रूपमा श्रमिकहरूलाई वेतन नदिएको साथै  वेतनबाट ईएसआई तथा पीएफको लागि रुपियाँ काटे तापनि जम्मा गरेको छैन। हालसम्म पनि पुजाको बोनस श्रमिकहरूले पाएका छैनन्। उक्त कारखानामा दुईवटा पक्षी मरेकोले गर्दा कम्पनीले उत्पाद लिन अस्वीकार गरेपछि मालिक पक्षले उल्टै श्रमिकहरूमाथि दोष लगाइरहेका छन्। उक्त कारखाना चाँडै खोलिनुपर्ने माग गर्दै प्रशासन समक्ष आवेदन गर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *