आमबारीमा झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार

राजगञ्ज : आमबारीमा झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार भएको छ। उक्त घटनाले आमबारीमा सनसनी मच्चियो। प्राप्त जानकारी अनुसार आज बिहान राजगञ्ज ब्लकको आमबारी संलग्न करतोवा नदी किनारको एउटा रुखमा झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार भएको बताइएको छ। मृतक व्यक्ति नाम सुभाष सरकार बताइएको छ। तिनी आमबारीको कामराभिटा इलाका निवासी थिए। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज बिहान मनिङ वकमा निस्केको समय स्थानीय मानिसहरूले झुन्डिएको अवस्थामा व्यक्तिको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर आमबारी आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। मृतक व्यक्ति सुभाष सरकार पेशाले टोटो चालक साथै चियाको दोकान चलाउने गर्थे। के कारणले गर्दा उक्त घटना भएको हो भन्ने विषयमा आमबारी आउटपोस्ट पुलिसले जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *