आमबारीमा निखोज टोटो चालकको शव उद्धार, जाँचमा जुट्यो पुलिस

राजगञ्ज (निसं): दुई दिनदेखि निखोज भएको टोटो चालकको शव उद्धार भएपछि आमबारी इलाकामा सनसनी फैलिएको छ। तिनको शव आमबारी संलग्न पोखरीबाट उद्धार गरेको छ। मृतक टोटो चालक पार्थ चन्द (35) हुन् भने तिनी आमबारी पोस्ट अफिस मोड निवासी थिए। प्राप्त जानकारी अनुसार मृतकको घरमा पत्नी अनि एकजना नानी वाहेक तिनका माता-पिता छन्। तिनले टोटो चलाएर नै आफ्नो परिवार चलाउँथे। गत सोमवार टोटो चलाउँदा तिनले आमबारी इलाकामा एकजना महिलालाई धक्का लागेको थियो। यसपछि तिनी डरले टोटो छोडेर त्यहाँबाट भागेका थिए। यसपछि तिनी निखोज भएका थिए। हिज मंगलवार परिवार पक्षबाट आमबारी पुलिस थानामा निखोज भएकोबारे अभियोग दर्ता गरेको थियो। यसैबीच, स्थानीय मानिसहरूले आज बिहान आमबारी अञ्चल मोड नजिकको पोखरीमा तिनको शव देखे। यसपछि घटनाको खबर पाएर पुलिस अनि परिवारका सदस्यहरू घटनास्थलमा पुगेका थिए। पुलिसले शवलाई उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा पठाइदिएको छ। यसको साथै पुलिसले सम्पूर्ण घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *