आमबारीमा परम्परा अनुसार फालाकाटा पुजाको आयोजना

राजगञ्ज : आमबारीमा परम्परा अनुसार आज फालाकाटा पुजाको आयोजना गरियो। उक्त पुजाको माध्यमद्वारा इलाकामा मानिसहरूले अमन धान रोप्न शुरू गरेका छन्। आमबारी र यसका छेउछाउका मानिसहरूको यो परम्परागत चलन हो। राजगञ्ज ब्लकको आमबारी पुलिस आउटपोस्ट इलाकाको चटकियाभिटामा प्रत्येक वर्ष असार महिनामा फालाकाटा पुजाको आयोजना गर्ने गरिन्छ। उक्त पुजामा राजा फालाकाटा, तुलाकाटा र धनाकाटा नामको तीनवटा मूर्ति बनाएर इलाकाका मानिसहरूले पुजा अर्चना गर्ने गर्दछन्। यस पुजालाई लिएर धेरै कथाहरू रहेको छ। पुजा कमिटीका सदस्यले बताएअनुसार बाबा ठाकुरदाहरूबाट सुने अनुसार सयौँ वर्ष अघि यहाँ घना जङ्गल थियो। यहाँ बाघ लगायत अन्य विभिन्न जङ्गली पशुहरू देख्न पाइन्थ्यो। हाल जहाँ फालाकाटा पुजा गरिन्छ त्यहाँ देवी चौधुरानीले पहिला पुजा गर्ने गर्थिन्। यस मन्दिरमा राजा फालाकाटा, तुलाकाटा र धनकाटा नामको तीनवटा मूर्ति लगायत अन्य देवी-देवताहरूको मूर्तिहरू छन्। असार महिनामा यहाँ राजा फालाकाटाको पुजा गरेपछि मात्र अमन धान रोप्ने गरिन्छ। राजगञ्ज ब्लक बाहेक विभिन्न ठाउँहरूबाट धेरै संख्यामा मानिसहरू आएर पुजा गर्नको साथै मन्नत माग्ने गर्दछन्। तिनीहरूको मनोकामना पुरा भए अर्को वर्षको पुजामा देवतालाई विभिन्न वस्तु चढाउने गर्दछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes