आमबारीमा रम-रक्सीको दोकान बन्द गरिनुपर्ने मागमा महिलाहरूद्वारा फेरि विरोध प्रदर्शन

राजगञ्ज (निसं): रम-रक्सीको दोकान बन्द गरिनुपर्ने मागमा आमबारीको चाकियाभिटामा महिलाहरूले फेरि विरोध प्रदर्शन गरे। गत 20 जनवरीको आन्दोलनपछि प्रशासनले समस्याको समाधान गर्ने वाचा गरेअनुसार सरकारी लाइसेन्स प्राप्त रम-रक्सीको दोकान बन्द गरिदिएको थियो। तर  आज फेरि ती दोकानहरू खोलेपछि चाकियाभिटा मद विरोधी ग्राम रक्षा कमिटीका महिलाहरूले दोकानअघि विरोध प्रदर्शन गरे। प्राप्त जानकारी अनुसार लगभग 8 महिनाअघि आमबारी चाकियाभिटा इलाकामा एउटा डिपार्टमेन्टल स्टोर खोलिएको थियो। उक्त दोकानमा विदेशी रम-रक्सीको बिक्री शुरू गरियो। गत 20 जनवरीमा महिलाहरूले रम-रक्सीको दोकान बन्द गर्ने मागमा विरोद प्रदर्शन गरेपछि उक्त दोकान बन्द गरिदिएको थियो। आज उक्त दोकान फेरि खोलेपछि महिलाहरूले विरोध प्रदर्शन गरेको हो। यस सम्बन्धमा महिलाहरूले भनिन्, रम-रक्सीको दोकान बन्द गर्ने मागलाई लिएर आफूहरूले धेरैपल्ट प्रदर्शन गर्यौँ। आफूहरूको माग नमानेर आज फेरि रम-रक्सीको दोकान खोलिएको छ। धेरै ठाउँमा रम-रक्सीको दोकान बन्द गरिनुपर्ने मागमा आफूहरूले आवेदन गरेका थियौँ, तर कुनै समाधान भएको छैन। रम-रक्सीको दोकान बन्द गरिदियोस् भन्ने आफूहरूको माग रहेको छ। अर्कोतिर, दोकानका कर्मचारी राजु मण्डलले भने, उक्त दोकान सरकारबाट लाइसेन्स लिएर बनाइएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *