आमबारीमा सडक दुर्घटनामा महिला घाइते

राजगञ्ज : राजगञ्ज ब्लकको आमबारी 9 नम्बर कोलनी इलाकामा सडक दुर्घटनामा एउटी महिला घाइते भएकी छन्। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज बिहान एउटी महिला ब्याङ्कबाट निस्केर सडकमा पुग्न साथ आमबारी तर्फबाट आइरहेको एउटा बाइकले धक्का दिँदा तिनी लडेपछि टाउकोमा गम्भीर चोट लागेको बताइएको छ। घटनापछि स्थानीय मानिसहरूको सहयोगमा तिनलाई उद्धार गरेर राजगञ्ज ग्रामीण अस्पतालमा पठाएको छ। घटनाको खबर पाएर आमबारी आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *