आमबारीमा सुभाष उत्सव पालन

राजगञ्ज : आमबारीमा नेताजी सुभाचन्द्र बोसको 125औँ जन्मजयन्ती पालन गरियो। पश्चिमबंग सरकारको युवा कल्याण तथा क्रीडा विभागको पहलमा राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायतको आमबारी शक्तिसोपान क्लबको विश्व बङ्ग्ला मुक्त मञ्चमा सुभाष उत्सव पालन गरियो। विविध सांस्कृतिक कार्यक्रमको माध्यमद्वारा सुभाष उत्सव पालन गरियो। यस अवसरमा राजगञ्जका विधायक खगेश्वर राय, जलपाईगढी डीपेससीका चेयरम्यान लक्ष्यमोहन राय, राजगञ्ज पञ्चायत समितिका सभापति पूर्णिमा राय, बिन्नागढी अञ्चलका उपप्रधान तुषार दत्त लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *