आमबारीमा स्वनिर्भर समूहका महिलाहरूले निकाले जागरूकता रैली

राजगञ्ज : लैङ्गिक भेदभाव तथा लिङ्ग आधारित हिंसालाई समाप्त गर्ने सन्देश लिएऱ स्वनिर्भर समूहका महिलाहरूले आज एउटा रैली निकाले। आज बिन्नागढी महिला मिलन बहुमुखी प्राथमिक संघ सहकारी समितिको स्वनिर्भर समूहका महिलाहरूले राजगञ्ज ब्लक अन्तर्गत आमबारीको कामरभिटाबाट एउटा रैली निकालेर आमबारीको विभिन्न ठाउँहरूको परिक्रमा गर्यो। उक्त रैलीको माध्यमद्वारा महिलाहरूले कन्या भ्रूण हत्या, शिक्षाको स्तरमा गिरावट, बाल विवाह, कम उमेरमा गर्भधारण, यौन शोषण, जुवा सहित विभिन्न सामाजिक मुद्दाहरूबारे जागरूकता फैलाए। यस सम्बन्धमा तनिमा रायले भनिन्, लिङ्ग आधारित हिंसालाई समाप्त गर्ने उद्देश्य लिएर जिल्लाभरिमै कार्यशालाहरू तथा विभिन्न जागरूकता कार्यक्रमको आयोजना गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *