आमबारीमा ट्रेनको धक्का लागेर महिलाको मृत्यु

राजगञ्ज : ट्रेनको धक्का लागेर एउटी महिलाको मृत्यु भएको छ। उक्त घटना आज अपरान्ह राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायत अन्तर्गत आमबारी संलग्न गोकुलभिटा रेल लाइन इलाकामा घटेको हो। मृतक महिलाको नाम बिलाती राय (55) बताइएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार मृतक महिलाले भिख मागेर आफ्नो परिवार धान्ने गर्थिन्। आज अपरान्ह 2 बजी तिनी भिख मागेर घर फर्किरहेको समय रेल लाइन पार गर्दा एनजेपीतर्फ गइरहेको माल ट्रेनको धक्का लागेर तिनको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर आमबारी आउटपोस्ट पुलिस र रेल पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *