राजगञ्ज : आमबारीमा ट्रेनको धक्का लागेर एउटी महिलाको मृत्यु भएको छ। मृतक महिला आमबारी संलग्न भोटपाडा इलाका निवासी 40 वर्षीय रूबी सरकारको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज रूबी र तिनका लोग्ने रेल लाइन पार गरिरहेको समय बेलाकोवातर्फबाट आइरहेको एउटा ट्रेनको धक्का लाग्दा रूबी उच्छिटिएर रेल लाइन नजिक लड्दा घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर आमबारी आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाएको छ।