आमबारी आउटपोस्ट पुलिसद्वारा विभिन्न इलाकामा मास्क वितरण

राजगञ्ज : देशमा कोरोनाको दोस्रो लहरले धेरैजना मानिसहरू संक्रमित भइरहेको छ भने मृत्यु दर पनि बढ्दै गइरहेको छ। यसैले कोरोनाबारे मानिसहरूलाई जगारूक गर्ने उद्देश्य लिएर प्रशासनदेखि लिएर विभिन्न समाजसेवी संगठनहरू सड़कमा ओर्लिएको छ।


आज आमबारी आउटपोस्टका पुलिसले कोरोनाबारे साधारण मानिसहरू लगायत बाइक चालकहरूलाई जागरूक गर्नको साथै मास्क पनि वितरण गरे। आज यहाँको साहुडाङ्गी बजार, भुटकीहाट र नावापाड़ा मोड़ लगायत विभिन्न इलाकाहरूमा मास्क वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *