आमबारी पुलिस चौकीमा फोर्स ब्यारेक र लेडिज चेन्जिङ रूमको उद्घाटन

राजगञ्ज : आमबारी पुलिस चौकीमा फोर्स ब्यारेक र लेडिज चेन्जिङ रूमको सिलगढीका पुलिस कमिश्नर गौरव शर्माले आज उद्घाटन गरे। यसबाहेक थाना परिसरमा रुखको विरुवाहरू पनि रोपियो। यस अवसरमा सिलगढी पुलिस कमिश्नरेटका डिप्टी पुलिस कमिश्नर (पूर्व) जय टुडू, सहायक पुलिस कमिश्नर  (पूर्व) शुभेन्द्र कुमार, एनजेपी थानाका ओसी समीर तामाङ र आमबारी चौकीका ओसी सजल राय उपस्थित थिए।


सिलगढी पुलिस कमिश्नरेटको अधीनमा आमबारी पुलिस चौकी पर्दछ भने हाल आमबारी पुलिस चौकीको महत्व बढ्दै गइरहेको छ। आमबारी पुलिस चौकीमा पुलिस कर्मीहरूको संख्या लगभग 40 रहेकोले यसको तुलनामा रूमको कमी भएकोले गर्दा आज नयाँ रूम पाएर पुलिस कर्मीहरू निक्कै खुशी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *