आमबारी पुलिसद्वारा 100 आवश्यकमन्द परिवारलाई खाद्य सामग्री वितरण

राजगञ्ज : कडाउनमा आमबारी आउटपोस्ट पुलिसले इलाकाका 100 जना आवश्यकमन्द परिवारलाई खाद्य सामग्री वितरण गर्यो। यस अवसरमा सिलगढी पुलिस उपायुक्त जय टुडुले बताएअनुसार लकडाउनको समयमा दैनिक मजदुरी गरेर परिवार चलाउने मानिसहरूलाई निक्कै असुविधा भइरहेकोले गर्दा नै आज 100 जना आवश्यकमन्द परिवारलाई चामल, दाल, तेल लगायत अन्य खाद्य पदार्थहरू वितरण गरिएको हो।


यस प्रकारको सामाजिक कार्य लगातार गरिरहने तिनले बताए। यस अवसरमा सिलगढी पुलिस कमिश्नरेटका एसीपी (पूर्व) शुभेन्द्र कुमार, एनजेपी थाना ओसी समीर तामाङ र आमबारी आउटपोस्टका ओसी महेश सिंह उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *