आमारा सबाई संस्थाको तर्फबाट निःशुल्क स्वास्थ्य जाँच शिविर 

सिलगढी: ‘आमारा सबाई’ (हामी सबै) नामक संस्थाको तर्फबाट आज निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। आमरा सबाईको आयोजनामा तथा मेडिका नर्थ बेंगाल क्लिनिकको सहयोगमा सिलगढीको अम्बिकानगर स्पोर्टिंङ क्लब अनि लाइब्रेरीमा उक्त शिविर सम्पन्न गरियो। शिविरमा जनरल मेडिसिन, बाल रोग चिकित्सक, अर्थोपेडिक, स्त्री रोग साथै दन्त चिकित्सकहरूले स्वास्थ्य जाँच गरे। यस अवसरमा ब्लड शुगर र ब्लड प्रेशरको पनि जाँच गरियो। आजको शिविरमा लगभग 200 जना मानिसहरूले आ-आफ्नो स्वास्थ्य जाँच गराए। आयोजक समितिको तर्फबाट विभास बरन दे-ले भने, आफ्नो शरीरको जाँच गर्न तथा रोगको चिकित्सा गर्न नसक्ने मानिसहरूको सहयोगको लागि नै आज स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको हो।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *