आनन्दमयी कालीबारी समितिद्वारा रक्तदान शिविरको आयोजना

सिलगढी : सिलगढी महावीर स्थान आनन्दमयी कालीबारी समितिको तर्फबाट एवम् निजी ब्लड ब्याङ्कको सहयोगमा आज रक्तदान शिविरको आयोजना गरियो। कवि मुकुन्द दासको जन्म जयन्तीको अवसरमा काली मन्दिर परिसरमा रक्तदान शिविरको आयोजना गरिएको बताइएको छ। उक्त शिविरमा धेरैजना मानिसहरूले रक्तदान गरे। समितिका सचिव भास्कर विश्वासले बताएअनुसार प्रत्येक वर्ष समितिको तर्फबाट विभिन्न सामाजिक कार्यहरूको माध्यमद्वारा क्रान्तिकारी चरण कवि मुकुन्द दासको जन्म जयन्ती पालन गर्दै आइरहेको छ भने यसपल्ट तिनको जन्मदिनको अवसरमा रक्तदान शिविरको आयोजना गरिएको हो। आनन्दमयी कालीबारीले वर्षभरि नै मानिसहरूको सेवाको लागि विविध कार्यहरू गर्दै आइरहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *