आनिस खान हत्याकाण्डका आरोपीलाई कठोर सजाय दिइनुपर्ने मागमा सिलगढीमा सीपीआईएम-को धिक्कार र्‍याली

सिलगढी : आनिस खान हत्याकाण्डका आरोपीलाई कठोर सजाय दिइनुपर्ने मागमा दार्जिलिङ जिल्ला वामफ्रन्टको तर्फबाट सिलगढीमा धिक्कार र्‍याली निकालिइयो। सिलगढीको सीपीआईएम पार्टी कार्यालय अनिल विश्वास भवन अघिबाट  दार्जिलिङ जिल्ला वामफ्रन्टका नेता, कार्यकर्ता तथा समर्थकहरूले एउटा र्‍याली निकालेर सहरको विभिन्न पथको परिक्रमा गर्यो। उक्त र्‍यालीमा जिल्ला वामफ्रन्टका नेतृत्व, कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए। यस अवसरमा जिल्ला वामफ्रन्टका नेता जीवेश सरकारले भने, आनिस खानको हत्याकाण्डका मुख्य आरोपीहरूलाई लुकाउने प्रयास गरिरहेको छ। राज्य सरकारले दोषीहरूलाई चाँडै पक्राउ गरेर कठोर सजाय दिइनुपर्ने माग गर्दै आज धिक्कार र्‍यालीको आयोजना गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *