आंशिक लकडाउनको समय तालिका जीटीए क्षेत्रमा फेरबदल गरिनु पर्ने माग

दार्जिलिङ : कोरोनाको महामारी रोक्न सरकारद्वारा निर्देश गरिएको आंशिक लकडाउनको कारण बजार-पाट खुल्ला भएकोले दार्जिलिङ पहाडभरि व्यापारी तथा स्थानीय जनमानसमा असुविधा भएको अखिल भारतीय गोर्खा लिगको साङ्गठनिक सचिव निमा ग्याम्चो शेर्पाले बताएका छन्। लकडाउनको समय तालिका समतल क्षेत्रमा बस्ने जनताको सुविधालाई लिएर तयार गरिएको भए तापनि उक्त तालिकाले जीटीए क्षेत्रको जनतालाई समस्या भइरहेको कुरा जनतामा गुनासो रहेको तिनको भनाई छ। तिनले जीटीए क्षेत्रको जनताको सुविधालाई ध्यानमा राखेर दिनहुँ दोकान-पाट खोल्ने नयाँ समय तालिका फेरबदल गरेर जीटीए प्रशासनले जारी गरिदिनु पर्ने जनताको पक्षमा तिनले अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *