आंशिक लकडाउन पालन नगरेको आरोपमा फुलबारीबाट 3 जना पक्राउ

राजगञ्ज : आंशिक लकडाउन पालन नगरेको आरोपमा पुलिसले आज फुलबारीबाट 3 जना व्यक्तिलाई पक्राउ गरेको छ। कोरोनाको दोस्रो लहरको बढ्दो प्रकोपलाई रोकथाम गर्ने उद्देश्य लिएर हाल राज्यमा आंशिक लकडाउन जारी रहेको छ। फुलबारी 2 नम्बर ग्राम पञ्चायतको फुलबारी बजार, ममतापाडा, केजीएन मार्केट लगायत अम्बिकानगरमा जलपाईगढी थाना पुलिसले अभियान चलाएर लकडाउन पालन नगरेको आरोपमा 3 जना व्यक्तिलाई पक्राउ गरेको छ। यसको साथै पुलिसले आंशिक लकडाउनको नियम पालन गर्नेबारे दोकानेहरूलाई पनि सचेतन गराएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *