आपदा प्रबन्धन तदर्थ कमिटी गठन गरिनुपर्ने विक्रमादि राईको अपील

टिस्टा (निसं): प्राकृतिक आपदासित जुझ्न र पुनर्वासको लागि सांसद, तीनजना विधायक, 45 जना सभासदहरू, संघ संस्थाहरूका प्रतिनिधिहरू मिलाएर आपदा प्रबन्धन तदर्थ कमिटी गठन गरिनुपर्ने गोर्खा सेवा सेनाका विक्रमादि राईले बताए। विक्रमादि राईले आज टिस्टाको बाढ प्रभावित क्षेत्रहरूको निरीक्षण गरे। यस अवसरमा तिनले भने, यहाँ आएर हेर्दा स्थिति गम्भीर छ। सोचेकोभन्दा ठुलो क्षति भएको छ। मानिसहरूले सबै गुमाएका छन्। मानिसहरू भयभीत छन्। पीडितहरू निराश छन्। यसको लागि यहाँ राजनैतिक टीका टिप्पणी गर्ने ठाउँ होइन। तिनले अझ भने, मलाई लाग्छ सिक्किम सरकार आपदाको सामना गर्न सक्षम छ। तिनीहरूसित केन्द्र सरकारको सहयोग छ। तर हामी यता सक्षम छैनौं। जीटीए आर्थिक रूपले पनि सक्षम छैन। किनभने जुन सरकारसित हामी निर्भर छौं त्यो सरकार पनि सक्षम छ कि छैन। यसको क्षतिपूर्तिको लागि धेरै ठुलो व्यवस्थाको खाँचो छ। त्यसैले प्राकृतिक आपदासित जुझ्न र पुनर्वासको लागि सांसद, तीनजना विधायकहरू, 45 जना सभासदहरू, संघ-संस्थाहरूका प्रतिनिधिहरू मिलाएर आपदा प्रबन्धन तदर्थ कमिटी बनाएर सही रिपोर्ट बुझाएर प्रधानमन्त्री राहत कोषबाट राहत माग्नुपर्छ। गोर्खा सेवा सेनाको विक्रमादि राईले यो आपदाको समय झट्टै तीनवटा कुराहरू रिलिफ, ह्याबिटेशन र रि-कन्सट्रक्शन गर्न अवश्यक छ। यस सम्बन्धमा गोर्खा सेवा सेनाले पनि राहतको लागि प्रधानमन्त्रीलाई पत्रचार गरेर राहतको आग्रह गर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *