आपदा प्रबन्धन टोलीद्वारा टिस्टा क्यानलमा डुबेका निखोज किशोरको खोजी जारी

राजगञ्ज : टिस्टा क्यानलमा डुबेको किशोरको एकदिन बितिसक्दा पनि कुनै पत्तो नलागे तापनि खोजी अभियान लगातार जारी रहेको छ। आज आपदा प्रबन्धन टोलीका सदस्यहरूले टिस्टा क्यानलमा राफ्टिङको सहयोगमा निखोज किशोरको खोजी गरिरहेको छ। घटनाक्रमअनुसार हिजो दिउँसो रबी बर्मनसहित 4 जना किशोर साइकलमा सवार भएर फुलबारी टिस्टा क्यानलमा नुहाउन गएका थिए भने क्यानलमा नुहाइरहेको समय रबी बर्मन डुबेर निखोज भएको बताइएको छ। घटनाको खबर पाएर परिवारका सदस्यहरू लगायत न्यु जलपाईगढी थाना पुलिस घटनास्थलमा पुगेपछि पुलिसको सहयोगमा किशोरको खोजी शुरू गर्यो।


अर्कोतिर, घटनाको एकदिन बितिसक्दा पनि हालसम्म निखोज किशोरको कुनै पत्तो लागेको छैन। आपदा प्रबन्धन टोलीका सदस्यहरूले टिस्टा क्यानलमा राफ्टिङको सहयोगमा हाल निखोज किशोरको खोजी गरिरहेको छ। घटनाको खबर पाएर आज राजगञ्जका विधायक खगेश्वर राय घटनास्थलमा पुगे। टिस्टा क्यानलमा डुबेर निखोज भएका किशोरीलाई खोजी निकाल्नको लागि हर सम्भव प्रयास गर्ने पुलिसलाई निर्देश दिएको सम्भवतः आज नै किशोरलाई खोजी निकाल्ने खगेश्वर रायले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *