आरोपी वनकर्मीलाई सजाय दिनुपर्ने मागमा मौन जुलूस

कालचिनी : कालचिनीको मन्थराम इलाकामा वनकर्मीद्वारा चलाइएको गोलीले विमल राभा नामक एकजना व्यक्तिको मृत्यु भएको थियो। उक्त घटनाको दोषी वनकर्मीलाई सजाय दिनुपर्ने माग गर्दै आज कालचिनी ब्लकको मेन्दाबारी र मन्थराम इलाकामा राभा डेभलपमेन्ट काउन्सिलका सदस्यहरूले मौन जुलूसको आयोजना गर्यो। उक्त घटनाको आरोपीलाई सजाय दिनुपर्ने माग गर्दै  आज अलिपुरद्वार जिल्लामा मात्र नभएर पश्चिमबंगालको विभिन्न ठाउँमा रहेको राभा जातिले एकै दिनमा मौन जुलूसको आयोजना गरेको राभा डेभलपमेन्ट काउन्सिलका केन्द्रीय कमिटीको सभापति विजनाथ राभाले बताए। यसको साथै दोषी वनकर्मीलाई सजाय नदिएसम्म आफूहरूको आन्दोलन जारी रहने तिनले बताए। स्मरण रहोस्, गत 13 जनवरीको दिन कालचिनीको मन्थराम इलाकामा वनकर्मीद्वारा चलाइएको गोलीले विमल राभा नामक एकजना वनबस्तीवासीको मृत्यु भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *