आरोपी वनकर्मीलाई पक्राउ गर्ने मागमा विरोध प्रदर्शनी

अलिपुरद्वार : वनकर्मीद्वारा चलाइएको गोली लागेर वनबस्ती निवासी विमल राभाको मृत्यु भएको घटनापछि आरोपी वनकर्मीलाई पक्राउ गर्ने माग गर्दै राभा डेभलपमेन्ट काउन्सिलले लगातार आन्दोलन गरिरहेको छ। यसै क्रममा आज राभा डेभलपमेन्ट काउन्सिलका सदस्यहरूले अलिपुरद्वार जिल्लाको विभिन्न रेञ्ज कार्यालय घेराउ गरेर विरोध प्रदर्शनी गर्नको साथै रेञ्जर अधिकारीसँग भेट गरेर ज्ञापन पत्र चढाए। स्मरण रहोस्, गत 13 जनवरीको दिन कालचिनी ब्लकको मन्थराम इलाकामा वनकर्मीले चलाएको गोली लागेर वनबस्ती निवासी विमल राभाको मृत्यु भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *