आरोपीलाई पक्रिने मागमा एसएफआई-को ज्ञापन

बाघडुग्रा : यौन उत्पीडनको आरोपीलाई चाँडै पक्राउ गर्ने माग गर्दै एसएफआई र डीवाईएफआई-को तर्फबाट बाघडुग्रा थाना प्रभारीसँग भेट गरेर एउटा ज्ञापन पत्र चढाए। एमएम तराईमा हालै एकजना नाबालकसित भएको यौन उत्पीडनको घटनाको आरोपीहरूलाई चाँडोभन्दा चाँडो पक्राउ गरेर कठोर सजाय दिनुपर्ने मागलाई लिएर एसएफआई र डीवाईएफआई-ले उक्त ज्ञापन पत्र सुम्पेको बताइएको छ। यस अवसरमा एसएफआईका दार्जिलिङ जिल्ला सचिव शंकर मजुमदार, सहसचिव शम्भु कर्मकार, डीवाईएफआई बाघडुग्रा गोसाईपुर लोकल कमिटीका दीपाङ्कर दास मुख्य रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *