आर्थिक रूपले कमजोर युवतीको बिहेको खर्च साथै कन्यादान गरे रेञ्जर सञ्जय दत्तले

सिलगढी : आर्थिक रूपले कमजोर परिवारका एउटी युवतीको बिहे गर्नको लागि सहयोग गर्न सालुगढा रेञ्जका रेञ्जर सञ्जय दत्त अघि आएका छन्। प्राप्त जानकारीअनुसार दार्जिलिङ मोडस्थित राजीव नगर निवासी दिपाली साहाले लोग्नेको मृत्युपछि एउटा चिया दोकान चलाएर आफू लगायत तीनजना छोरा-छोरीको भरण पोषण गर्दै आइरहेकी छन्। तिनको ठुलो छोरी रुपालीको बिहे पक्का भए तापनि आर्थिक अभावको कारण तिनी चिन्तित थिइन्। यसबारे  थाहा पाएर समाजसेवी तथा सालुगढा रेञ्जका रेञ्जर सञ्जय दत्तले तिनको छोरीको बिहेको सबै खर्च वहन गरे। यसको साथै बाबु नभएकोले गर्दा विवाहमा तिनको कन्यादान समेत स्वयम सञ्जय दत्तले गरिदिएको दिपाली साहाले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *