आशा कर्मीहरूद्वारा विभिन्न मागलाई लिएर बाघडुग्रामा धरना -प्रदर्शन

बाघडुग्रा (निसं): आशा कर्मीहरूले आज प्रोत्साहन भत्ता होइन तर सरकारी मान्यता सहित 21 हजार रूपियाँ मासिक वेतन दिनु पर्ने साथै अन्य मागहरूलाई लिएर आज विरोध प्रदर्शन गरे। आज बुधबार राज्यका विभिन्न ठाउँहरू लगायत नक्सलबारी ब्लकको बाघडुग्रा बिहार मोड़मा पनि आशा कर्मीहरूले धरना-प्रदर्शन कार्यक्रमको आयोजना गरे। धरना-प्रदर्शनमा सामेल आशा कर्मीहरूले आफ्नो विभिन्न माग गरे।


यस बारे आशा कर्मीहरूको सङ्गठनका ब्लक अध्यक्ष बनानी साहाले भने, आज राज्यभरिमैं आशा कर्मीहरूले सरकारी मान्यता साथै वेतन वृद्धिको मागलाई लिएर धरना प्रदर्शन गरिरहेका छन्। यसभन्दा अघि पनि आशा कर्मीहरूको सङ्गठनको तर्फबाट जिल्ला स्वास्थ्य अधिकारीलाई ज्ञापन चढाएर आफ्नो मागहरू राखेको थियो तर यसलाई लिएर कुनै उचित पहल नगरिएको तिनले बताए।

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *