आशिघर आउटपोस्टका ओसीद्वारा जलमग्न इलाकाका मानसिहरूलाई उद्धार गरेर पुर्‍याए सुरक्षित स्थानमा

सिलगढी : गत साँझ परेको अधिक वर्षाले गर्दा सिलगढी सहर जलमग्न बनेको छ। यहाँको केही इलाकाको घरहरूमा धेरै पानी जमेकोले स्थानीय मानिसहरूलाई निक्कै असुविधा भइरहेको छ। यस्तो परिस्थितिमा पनि जलमग्न इलाकाका मानिसहरूको सहयोगको लागि कुनै पनि पार्टीका नेताहरू अघि नआएको गाउँलेहरूको भनाइ रहेको छ। अर्कोतिर, आशिघर आउटपोस्ट अन्तर्गत केही इलाका जलमग्न भएको खबर पाएपछि ओसी सुदीप दत्त एक्लै उक्त इलाकामा पुगे। यस अवधि इलाकाको धेरैजसो घरहरू जलमग्न भएर मानिसहरू घरभित्रै फँसेको देखेपछि तिनले कुनै फोर्सको प्रतीक्षा नगरेर आफ्नो वर्दी खोलेर जलमग्न इलाकामा फँसेका मानिसहरूलाई सकुशल बाहिर निकालेर सुरक्षित स्थानमा पुर्‍याइदिए। इलाका जलमग्न भएको खबर पाएर भक्ति नगर थानाका आईसी अमरेश सिंह पनि घटनास्थलमा आइपुगे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *