आठौ श्रेणीका छात्राको झुन्डिएको अवस्थामा शव उद्धार

कुचबिहार (निसं): माथाभाङ्गा-1 नम्बर ब्लकको पचागढ ग्राम पञ्चायतको बाबूरटारी इलाकामा आठौ कक्षाको एकजना छात्राको झुन्डिएको अवस्थामा शव उद्धार भएपछि इलाकामा शोकको माहौल छाएको छ। प्राप्त जानकारी अनुसार नाबालिग छात्रा रिजल्ट लिनुको लागि स्कुल जान तयारी भइरहेका थिए। तर धेरै समयसम्म पनि कोठाबाट बाहिर ननिस्केपछि परिवारका सदस्यहरूलाई आशंका भएपछि भित्र गएर हेर्दा तिनको झुन्डिएको अवस्थामा शव देखे। यसपछि परिवारका सदस्यहरूले तिनलाई तत्कालै उद्धार गरेर माथाभाङ्गा महकुमा अस्पताल पुऱ्याए, जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। अर्कोतिर, पुलिसले घटनाको जाँच शुरू गरेको बताएको छ।


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *