आठ सूत्रीय मागमा खोरीबारी बीडीओलाई ज्ञापन

खोरीबारी : आठ सूत्रीय मागलाई लिएर भारतीय जनता किसान मोर्चाको खोरीबारी मण्डलले आज बीडीओसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। किसान मोर्चाका सदस्यहरूले पार्टी कार्यालयबाट एउटा र्‍याली निकालेर बीडीओ कार्यालयसम्म पुगेपछि बीडीओसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। यस अवसरमा जिल्ला संयोजक एवम् मतिगढा-नक्सलबारी विधानसभा क्षेत्रका विधायक आनन्दमय बर्मन, फाँसीदेवाका विधायक दुर्गा मुर्मू, जिल्ला सचिव दिलीप बरुई, किसान मण्डल अध्यक्ष प्रदीप बर्मन, प्रदीप देवनाथ लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए। यस सम्बन्धमा आनन्दमय बर्मनले भने, हात्तीको हमलामा उक्त क्षेत्रका कृषकहरूले धेरै नोक्सान झेल्नपरिरहेकोले पीडित कृषकहरूको आर्थिक सहयोग प्रदान गरिनुपर्ने, किसान सम्मान निधि प्रदान गरिनुपर्ने, कृषि मलको कालो बजार बन्द गर्नुपर्ने तिनले माग गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *