आवश्यकमन्दहरूलाई कम्बल वितरण 

सिलगढी : डायमन्ड युवक बृन्द क्लबको तर्फबाट सिलगढीको विभिन्न ठाउँहरूमा घुमेर गरिब एवम् असहाय मानिसहरूलाई कम्बल वितरण गरियो। सिलगढीको 40 नम्बर वार्डको डायमन्ड युवक बृन्द क्लबका सदस्यहरूले यहाँको सेभोक रोड, विधान रोड, विधान मार्केट, हिलकार्ट रोड, बस टर्मिनल, एनजेपी स्टेशनलगायत विभिन्न इलाकाका लगभग 1 सयजना मानिसहरूलाई कम्बल वितरण गर्यो। यस अवसरमा क्लबका अध्यक्ष तपन राय, सचिव रञजय मल्लिकलगायत क्लबका अन्य सदस्यगण उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *