आवश्यकमन्द मानिसहरूलाई खाद्य सामग्री वितरण

खोरीबारी : भारतीय जनता पार्टी किसान मोर्चा रानीगञ्ज बिन्न्नाबारी मण्डलको तर्फबाट आज आवश्यकमन्द मानिसहरूलाई खाद्य सामग्री वितरण गरियो। किसान मोर्चा मण्डल अध्यक्ष सञ्जय मण्डलले बताएअनुसार कोरोना महामारीमा मानिसहरूले धेरै समस्याको सामना गर्न परिरहेको छ। विशेष गरेर दैनिक मजदुरी गरेर जीविका चलाउने मानिसहरूले हाल निक्कै समस्याको सामना गरिरहेका छन्। यसैले तिनीहरूको सहयोग गर्ने उद्देश्य लिएर आज किसान मोर्चाको तर्फबाट अधिकारी बस स्ट्यान्डमा लगभग डेढ़ सय आवश्यकमन्द मानिसहरूलाई खाद्य सामग्री वितरण गरियो। यसको साथै डाङ्गीमयनागढीमा पनि केही मानिसहरूको घरमा खाद्य सामग्री पुर्‍याइयो। यस अवसरमा किसान मोर्चा मण्डल अध्यक्ष सञ्जय मण्डल, छोटन प्रसाद, चञ्चल घोष, अरुण राय, तुसतु सरकार लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *