आवासीय इलाकाबाट 8 फुट लामो अजिङ्गर उद्धार

राजगञ्ज : फुलबारी 2 नम्बर ग्राम पञ्चायतको भोलामोड संलग्न उज्ज्वलनगर इलाकाको एउटा कटहरको रुखबाट 8 फुट लामो अजिङ्गर उद्धार भएको छ। प्राप्त जानकारी अनुसार आज बिहान परिवारका सदस्यहरूले घर अघि रहेको कटहरको रुखमा अजिङ्गर देखेपछि यसबारे वनकर्मीहरूलाई खबर दिए। घटनाको खबर पाएर बैकुण्ठपुर फरेस्ट डिभिजनको डाबग्राम रेञ्जका वनकर्मीहरूले घटनास्थलमा पुगेर उक्त अजिङ्गर उद्धार गरे। यस विषयमा वनकर्मी अरित दे-ले भने, लगभग 8 फुट लामो अजिङ्गर स्वस्थ रहेको छ। हाल अजिङ्गर उद्धार गरेर डाबग्राम रेञ्जमा लगिएको छ भने पछि यसलाई जङ्गलमा छोडिदिइनेछ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.