आवासीय इलाकाबाट मरेको हात्ती उद्धार

जलपाईगढी : मन्तादारी ग्राम पञ्चायतको शोलोडाङ्गा इलाकाबाट एउटा मरेको वयस्क हात्ती उद्धार भएको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार गत राति मन्तादारी ग्राम पञ्चायतको विभिन्न इलाकामा उक्त हात्ती देखा परेको थियो भने अचानक के कारणले गर्दा उक्त हात्ती मरेको हो भन्ने विषयलाई लिएर प्रश्न चिन्ह खडा भएको छ। बिजुलीको करेन्ट लागेर उक्त हात्ती मरेको हुनसक्ने आशंकामा वन कर्मीहरूले जाँच शुरू गरिरहेको छ। बैकुण्ठपुर वन विभागका अधिकारी हरिकृष्णले उक्त हात्तीको स्वभाविक मृत्यु भएको हुनसक्ने प्राथमिक अनुमान लगाए तापनि के कारणले गर्दा उक्त हात्ती मरेको हो भन्नेबारे पोस्टमार्टमपछि मात्र थाहा लाग्ने छ भनी बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *