आवासीय इलाकामा बाइसन देखापरेपछि मानिसहरू आतङ्कित

अलिपुरद्वार : जङ्गलबाट निस्केर आवासीय इलाकामा बाइसन पसेपछि इलाकामा आतङ्कको माहौल देखापर्यो। प्राप्त जानकारी अनुसार आज बिहान एउटा बाइसन चिलापाता जङ्गलबाट निस्केर आवासीय इलाकामा पस्यो। उक्त बाइसन अलिपुरद्वारको 1 नम्बर ब्लकको मथुरा बजार, दक्षिण चकोयाखती इलाकामा घुमफिर गरिरहेको देखेपछि इलाकामा मानिसहरू आतङ्कित बन्न पुगे। यसपछि तिनीहरूले वन विभागलाई खबर दिएपछि चिलापाता रेञ्जका वनकर्मीहरू घटनास्थलमा पुगेर उक्त बाइसनलाई जङ्गलतिर लखेट्ने प्रयास गरे तापनि असफल भए। यसपछि वनकर्मीहरूले निद्रा लाग्ने इन्जेक्सनको सहयोगमा नियन्त्रणमा ल्याएर उक्त बाइसनलाई लगेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *