आवासीय इलाकामा देखापर्यो जङ्गली हात्ती

जलपाईगढी : जलपाईगढी सहर संलग्न डेङ्गुयाझाड चियाकमानमा हात्तीले ताण्डव मच्चायो। प्राप्त जानकारीअनुसार आज एउटा जङ्गली हात्ती डेङ्गुयाझाड चियाकमानको पश्चिम लाइनमा पसेर उत्पात मच्चायो। उक्त इलाका नजिक बैकुण्ठपुर जङ्गल रहेकोले आज एउटा हात्ती जङ्गलबाट निस्केर आवासीय इलाकामा पसेपछि स्थानीय मानिसहरूले यसबारे वन विभागलाई खबर दिए। घटनाको खबर पाएर वनकर्मीहरू घटनास्थलमा पुगेर उक्त जङ्गली हात्तीलाई जङ्गलतिर लखेटे। उक्त चियाकमान क्षेत्रका श्रमिकहरूले इलाकामा वनकर्मीहरूको गश्ती बढाउने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwindeneme bonusu veren sitelerligobetmatadorbetjojobetjojobet girişjojobet girişJojobetJojobetzenbetPerabetperabetjojobet Built with ❤︎ by appycodes