आवासीय इलाकामा हात्तीको ताण्डव

अलिपुरद्वार : अलिपुरद्वार 2 नम्बर ब्लकको तुरतुरी ग्राम पञ्चायत इलाकाको बेलतला विश्वासपाडामा हात्तीले उत्पात मच्चाएर धेरै क्षति पुर्‍याएको छ। प्राप्त जानकारीअनुसार गत राति लगभग 3 बजी एउटा हात्ती उक्त इलाकामा पसेर सुपारीको रुख, कटहरको रुख भाँचिदिनको साथै इलाकास्थित एउटा घरको भान्साकोठा भत्काएर त्यहाँ राखेको धान खाइदिएको छ।


आज बिहानसम्म उक्त हात्तीले इलाकाको विभिन्न ठाउँहरूमा ताण्डव मच्चाएर धेरै क्षति पुर्‍याए तापनि स्थानीय मानिसहरू उक्त हात्तीलाई जङ्गलतिर लखेट्न सफल भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *