आवासीय इलाकामा तीनवटा बाइसनको ताण्डव

माथाभाङ्गा : माथाभाङ्गा 2 नम्बर ब्लक अन्तर्गत पर्ने लतापाता ग्राम पञ्चायतको द्वारिकमारी संलग्न इलाकामा आज बिहान तीनवटा बाइसनले  ताण्डव मच्चायो। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरूले तीनवटा बाइसनले इलाकाको विभिन्न ठाउँहरूमा उत्पात मच्चाइरहेको देखेपछि घटनाबारे वन विभागलाई खबर दिए। घटनाको खबर पाएर माथाभाङ्गा र कुचबिहार वन विभागका वनकर्मीहरू घटनास्थलमा पुगेर उक्त बाइसनहरूलाई जङ्गल लखेट्ने प्रयास गरिरहेक छ। माथाभाङ्गा वन विभागका रेञ्ज अधिकारी सजल पालले बताएअनुसार अबजर्भेसनपछि तीनैवटा बाइसनलाई ट्र्याङक्युलाइज गरिने प्रयास गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *