आउँदो बिहार विधानसभा चुनाउबारे अधिकारीहरूसित प्रशासनिक बैठक

खोरीबारी : एसएसबी 41औँ बटालियनको भातगाउँ बीओपीमा किशनगञ्ज एसपीको तर्फबाट नेपाल पुलिस, नेपाल एपीएफ, एसएसबी र बिहार पुलिसलाई लिएर एउटा प्रशासनिक बैठकको आयोजना गरियो। बैठकमा आउँदो बिहार विधानसभा चुनाउलाई लिएर उपस्थित पदाधिकारीहरूसित विभिन्न विषयमा चर्चा-परिचर्चा गरियो। सीमामा कठोर निगरानी, अवैध गतिविधिमा रोक, आपसी समन्वय स्थापित गर्नेबारे  पनि बैठकमा चर्चा गरियो। प्रशासनिक बैठकमा मुख्य रूपमा नेपाल झापा जिल्ला एसपी एपी कोइराला, एपीएफ एसपी रमेश पाण्डे, मोरङ पुलिस एसपी सन्तोष खडका, भद्रपुर थाना इन्चार्ज डीबी पुरी, एसएसबी 41औँ बटालियन कमान्डेट सुभाष नेगी, 8औँ बटालियन कमान्डेट एके सिंह, एसएसबी 19औँ बटालियन कमान्डेट मितुल कुमार, 12औँ बटालियन सेकेन्ड इन कमान्डेट ललित कुमार, किशनगञ्ज एसपी कुमार आशीष, किशनगञ्ज डीएसपी डाक्टर जावेद अनवर, ठाकुरगञ्ज थाना इन्स्पेक्टर दुर्गाराम, गलगलिया थाना प्रभारी तरुण कुमार तरूणेस लगायत विभिन्न थानाका प्रभारीहरू उपस्थित थिए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *