अब गोर्खाल्याण्ड होइन तर दार्जिलिङ प्रदेश भनेर छुट्टै राज्यको माग गर्नुपर्छ : बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छे

खरसाङ (निसं) : बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छेले खरसाङमा पत्रकारहरूसित कुराकानी गर्दै आफ्नो भूमि र जाति बचाउन धर्म गरेको बताए। तिनले जाति र धर्मको लागि आफूले बोल्ने गरेको बताउँदै अब गोर्खाल्याण्ड होइन तर दार्जिलिङ प्रदेश भनेर छुट्टै राज्यको माग गर्नुपर्ने बताए। रिम्पोर्छेले दार्जिलिङ सिक्किम एकीकरण विषयमा बोल्दै सिक्किम आफ्नो स्थानमा छ र दार्जिलिङ आफ्नो स्थानमा छ अनि सिक्किम शान्तिले बसिरहेको छ अनि दार्जिलिङको पनि आफ्नै पहिचान छ। सिक्किम छिमेकी राज्य हो र कसैलाई भाँजो हाल्नु हुँदैन भनी बताए। पेम्बा रिम्पोर्छेले फरवरी मार्च महिनामा हाम्रो लागि हाम्रो कुरा आयो भने राम्रो हो तर आएन भने भारतीय जनता पार्टी पनि हामी माइनोरिटीको लागि खतरा छ भनी बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *