अवैध रूपले रेलवे टिकट बिक्री गरेको आरोपमा एकजना पक्राउ

सिलगढी : रेलवे प्रोटेक्शन फोर्सले अवैध रूपले रेलवेको टिकट बेच्ने र अतिरिक्त रुपियाँ लिएको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरिएको छ। न्यू जलपाईगढी आरपीएफ-को एउटा टोलीले फाँसीदेवाबाट मनीष प्रसाद नाम गरेको एकजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। प्राप्त जानकारी अनुसार लामो समयदेखि अवैध रूपले टिकट बुकिङमा अधिक रुपियाँ लिइरहेको तिनी विरूद्ध रेलवे विभागमा अभियोग आइरहेको थियो। उक्त अभियोगको आधारमा आरपीएफले सिलगढी शहरका विभिन्न ठाउँहरूमा अभियान चलायो। स्मरण रहोस्, रेलवे विभाग एवम् आरपीएफले गत केही दिनदेखि सिलगढी लेकटाउन इलाकामा अभियान चलाएको थियो। उक्त अभियान अवधि लेकटाउनबाट अवैध रूपले टिकट बेच्ने एवम् रेलवेको टिकटमा अधिक रुपियाँ लिने एकजना व्यक्तिलाई हिरासतमा लिएको थियो। यसको साथै त्यहाँबाट आरपीएफले केही अवैध कागजपत्र पनि जफत गरेको छ। आरपीएफ सूत्रले बताएअनुसार आरोपी मनीष प्रसादले धेरै अघिदेखि अवैध रूपले टिकट बुकिङ कार्यमा अधिक रुपियाँ लिँइदै आइरहेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *