अब युवाहरूले राजनीति सम्हाल्नु पर्छ : एलबी राई

मिरिक :  तृणमूल युवा कांग्रेसको साङ्गठनिक सभा आज मिरिकमा सम्पन्न भयो। हिल तृणमूल कांग्रेस अध्यक्ष एलबी राईको अध्यक्षतामा सम्पन्न सभामा युवा शक्ति अभियान अन्तर्गत युवाहरूलाई राजनैतिक सक्रिय र अझ सशक्त बनाउने अभियानलाई सुचारु गरेर लैजानु उद्देश्य रहेको बताइएको छ। यस सभामा तृणमूल युवा कांग्रेसको दार्जिलिङ, खरसाङ अनि कालेबुङका प्रतिनिधि युवा सदस्य तथा कार्यकर्ताहरू भेला भएका थिए। तृणमूल युवा कांग्रेसमा युवा शक्ति अभियान अन्तर्गत पञ्जीकरण अभियान जारी रहेको साथै हालसम्म दार्जिलिङबाट 4 हजार, खरसाङबाट 25 सय अनि कालेबुङबाट 2 हजार युवाहरूले पञ्जिकृत गरिसकेको हिल तृणमूल कांग्रेस प्रवक्ता एनबी खवासले जानकारी गराए। उक्त अभियानमा 18 वर्षदेखि 40 वर्षसम्मका युवाहरू जोडिने क्रम जारी रहेको छ। सभालाई सम्बोधन गर्दै अध्यक्ष एलबी राईले भने, युवा कार्यकर्ताहरूलाई हामी मार्ग दर्शन गर्छौँ, युवाहरू ईमान्दारिताको साथमा सक्रिय बन्नुपर्छ साथै समाजलाई नयाँ दिशा दिनुपर्छ। अब युवाहरूले राजनीति सम्हाल्नु पर्छ साथै युवाहरूले समय बर्बाद गर्नु हुँदैन। यसको साथै तिनले आफ्नो सम्बोधनमा युवाहरूले नेताहरूको गल्तीलाई पनि औँल्याउन सक्नुपर्छ भन्दै आफूहरूले युवाहरूलाई सही बाटो देखाउनको साथै तिनीहरूले अबको राजनीतिलाई अघि बढाउनुपर्ने सुझाउ दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *