अबेर रातसम्म बस परिसेवाको निम्ति जिल्लाशासकले गरे बस एसोसिएशनसँग बैठक

सिलगढी : दार्जिलिङका जिल्लाशासक दीपा प्रिया पी-ले सरकारी अनि गैर सरकारी बस एसोसिएशनसँग बैठक गरेर रात्रि परिसेवा सुचारू राख्ने निर्देश दिएकी छन्। जिल्लाशासकले सिलगढीमा पत्रकार सम्मलेनको आयोजना गरेर 2 सय 28 वटा बसहरू सिलगढीबाट पानीट्याङ्की, विधाननगर, मेडिकल कलेज मोड, खपरेल मोड़ लगायत अन्य रूटहरूको परमिट दिइसकेको जानकारी गराए। तथापि यी रूटहरूमा विशेष गरेर साँझ 6 बजेपछि बसहरूको यातायात धेरै कम्ती हुने गरेकोले राति कामबाट अथवा अन्य कामहरूले गर्दा घर फर्किने मानिसहरूलाई निक्कै समस्या हुने गरेको आफू समक्ष मानिसहरूले अभियोग गरेको बताइन्। यसैले मानिसहरूको सुविधाको निम्ति अबेर रातसम्म बस परिसेवाको परिचालन गर्नको लागि एनबीएसटीसी अनि प्राइभेट बस एसोसिएशसँग कुराकानी गरेपछि बसको रूटको समय तालिका एआरटीओ कार्यालयमा जम्मा गर्ने निर्देश दिएको जिल्लाशासकले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *