अभागोली-द्वारा आजदेखि शुरू गरेको आमरण अनशनलाई बिमल खेमाको समर्थन

सुकेपोखरी : अखिल भारतीय गोर्खा लीग भारती गुटले भारतीय जनता पार्टी तथा सांसद राजु विष्टलाई दवाव दिनको निम्ति आजदेखि शुरू गरेको आमरन अनशनलाई गोर्खा जनमुक्ति मोर्चा बिमल खेमाले समर्थन जनाएको छ। अनशन टोलीको मनोबल बढ़ाउन अभागोली केन्द्रिय कार्यालय पुगेका गोजमुमो नेता नोमन राईले सम्पूर्ण दार्जिलिङ तराई डुवर्समा बसोबासो गर्ने मानिसको छुट्टै राज्य गोर्खाल्याण्ड गठनको माग संवैधानिक रहेको ठहर गरे। राईले उक्त माग फत्ते गर्न सबैले एउटै आवज बुलन्द गर्न आवश्यक रहेको बताउँदै सम्पूर्ण राजनैतिक दल तथा संघ-संस्था सङ्गठन एक भएर गोर्खा एकता अभियान शुरू गर्नुपर्ने विषयमा विशेष जोड़ दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *