अभागोलीका महासचिव एसपी शर्माले पठाए सांसद राजु विष्टलाई उपहारस्वरूप राजनीतिक विज्ञानको पुस्तक

सिलगढी : अभागोली भारती गुटका महासचिव एसपी शर्माले दार्जिलिङका सांसद राजु विष्टलाई उपहारस्वरूप राजनीतिक विज्ञानको एउटा पुस्तक पठाएका छन्। एसपीले आफ्नो फेसबुक पोस्ट मार्फत् सांसद विष्टलाई थप प्रश्न गर्दै राजनीतिक ज्ञानको निम्ति An Introduction to Political Science नाम गरेको पुस्तक पढ्ने सुझाउ समेत दिएका छन्। तिनको भनाइ अनुसार उक्त पुस्तक पढेर सांसद विष्टले कसले र किन एकजना सांसदलाई प्रश्न गर्न साथै कसको प्रश्न गर्ने अधिकार छ भन्ने विषयमा विष्टले बुझुन् भनी बताइएको छ। स्मरण रहोस्, सांसद विष्टले हिजो मात्र खरसाङमा पत्रकारहरूलाई सम्बोधन गर्दै अभागोली भारती गुटलाई इङ्गित गरेर नोटाभन्दा पनि कम भोट पाएकाहरूलाई तिनीमाथि  राजीनामा माग्ने अधिकार नहरेको भन्ने बयान दिएका थिए। यसैको फलस्वरूप एसपी शर्माले राजनीतिक विज्ञानको पुस्तक पढ्ने सांसद विष्टलाई सल्लाह दिँदै आफूले पुस्तक पठाएको बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *