अभिज्ञान मिशनको तर्फबाट 1200 आवश्यकमन्द मानिसहरूलाई लुगाफाटा वितरण

सिलगढी : अभिज्ञान मिशन नाम गरेको एउटा स्वयंसेवी संस्थाको तर्फबाट लगभग 12 सय आवश्यकमन्द मानिसहरूलाई निःशुल्क लुगाफाटा वितरण गरियो। संस्थाको तर्फबाट आयोजना गरेको उक्त 3 दिवसीय कार्यक्रममा एनजेपी, सिलगढी टाउन, जङ्क्शन इलाका, बाघडुग्रा, नक्सलबारीको आदिवासी बस्ती लगायत विभिन्न इलाकाका आवश्यकमन्द मानिसहरूलाई लुगाफाटा, कम्बल आदि वितरण गरियो। कार्यक्रम अवधि सामाजिक दूरीको पनि विशेष ध्यान राखेको थियो। आगामी दिनमा पनि संस्थाको तर्फबाट यस प्रकारको सामाजिक कार्यक्रम गरिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *