अभिजीत गङ्गोपाध्यायले जज पदबाट दिए राजीनामा

न्यू डेस्क: कोलकाता हाईकोर्टका न्यायाधीश तथा शिक्षक भर्ती घोटाला सहित केही मामिलामा महत्वपूर्ण फसेला सुनाउने न्यायाधीश अभिजीत गङ्गोपाध्यायले जज पदबाट राजीनामा दिएका छन्। तिनले आज बिहान 10 बजेर 35 मिनटमा डाकको माध्यमद्वारा राष्ट्रपति द्रौपदी मुर्मूलाई राजीनामा पत्र पठाएका छन्। यसबाहेक तिनले कोलकाता हाई कोर्टका मुख्य न्यायाधीश र सुप्रीम कोर्टका मुख्य न्यायाधीशलाई राजीनामा पत्र पठाएका छन्। अभिजीत गङ्गोपाध्यायले 2018-मा कोलकाता हाई कोर्टमा जजको रूपमा पदभार सम्हालेका थिए भने तिनी यहीँ वर्ष रिटायर हुने थिए। तर यसभन्दा अगावै आज अभिजीत गङ्गोपाध्यायले जज पदबाट राजीनामा दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *