अभिषेक बन्दोपाध्यायकोमा भाजपालाई बुझ्ने ज्ञान छैन : सुकान्त मजुमदार

सिलगढी : राज्य भाजपा अध्यक्ष सुकान्त मजुमदार आज कोलकाताबाट ट्रेनमार्फत् एनजेपी स्टेसनमा आइपुगे। स्टेसनमा पत्रकारहरूलाई सम्बोधन गर्दै तिनले विविध विषयलाई लिएर तृणमूलमाथि कटाक्ष कसे। तिनले भने, अभिषेक बन्दोपाध्यायकोमा भाजपालाई बुझ्ने ज्ञान छैन, तिनले अझ धेरै ज्ञान अर्जन गर्नुपर्छ। कङ्ग्रेसका एकमात्र विधायक बाइरन विश्वास तृणमूलमा सामेल भएको विषयमा तिनले बाइरनलाई मिरजाफर भन्दै कटाक्ष कसे। बाइरन विश्वास चुनाउ जितेपछि कति दिन भित्रमै तृणमूलमा सामेल हुनेछ भन्ने विषयमा आफू अघिनै भनिसकेको तिनले दावी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *