अविरल वर्षाको कारण महानदीको चिउरी भीरमा पैह्रो गएर एनएच 55 बन्द

खरसाङ: अविरल वर्षाको कारण पैह्रो गएर फेरि एनएच 55 बन्द भएको छ। खरसाङ खण्ड अन्तर्गत महानदीको चिउरी भीरमा गएको पैह्रोले एनएच 55 बन्द भएको छ। आज बिहान लगभग 3 बजेतिर महानदीको चिउरी भीरमा पैह्रो गएको स्थानीयहरू बताउँछन्। एनएच 55 अन्तर्गत उक्त सड़क केही समय अघिदेखि नै सानो चर्किएको अवस्थामा रहेको थियो भने दुई दिनदेखि लगातार परिरहेको पानीको कारणले गर्दा सड़क पूरै पैह्रोले लगेपछि एनएच 55 बन्द भएको छ।


बिहान 10 बजेतिर सम्बन्धित विभागका केही कर्मचारीहरू आएर पैह्रो नापजोग गर्दा 40 मिटर जस्तो पैह्रो गएको बताइएको छ। पैह्रोले सड़कमुनि रहेको दुईवटा घरहरूमा ढुङ्गा पसेको जानकारी प्राप्त भएको छ। उक्त क्षेत्रमा पैह्रो गएकोले एनएच 55 बन्द भएपछि विशेष गरेर महानदी अनि तीनधारे, घैयाबारी क्षेत्रलाई धेरै असुविधा हुने भएको छ। त्यसैले स्थानीयहरूले यो पैह्रो चाँडै मरमति गरेर एनएच 55 सुचारु गरिदिने माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *