एकाडमी नबनिए पदत्याग गर्ने श्याम थापाले

सिलगढी : सिलगढी कञ्चनजङ्घा स्टेडियममा क्रिकेट होइन तर फुटबल म्याच मात्र खेलाउनुपर्ने राष्ट्रिय टोलीका पूर्व फुटबल खेलाडी तथा उत्तरबङ्गाल गेम्स एन्ड स्पोर्ट्स बोर्डको चेयरम्यान श्याम थापाले बताए। सिलगढी जर्नलिस्ट्स क्लबमा बिहिबार सुकना गोल्ड कप फुटबल टुर्नामेन्ट सम्बन्धमा एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै चर्चित पूर्व फुटबलर श्याम थापाले सिलगढी कञ्चनजङ्घा स्टेडियममा क्रिकेट होइन तर फुटबल म्याच खेलाउनुपर्ने साथै एउटा आवासिक एकाडमी पनि बनाउनुपर्ने आवश्यक रहेको बताए। आफ्नो यी मागहरू पुरा नभए बोर्डको चेयरम्यान पदबाट राजीनामा दिइने समेत तिनले चेताउनी दिए। एकाडमीको निर्माणको लागि राज्य सरकारलाई अगावै आवेदन गरिसकेको जानकारी दिँदै यदि माग पुरा नभए राजीनामा दिइने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *